मेरो खोटाङ मेरो प्राण एकता हो हाम्रो शान

Sunday, June 24, 2012

खोटाङमा चट्याङले दुईको ज्यान लियो

चट्याङ लागेर खोटाङमा दुईको ज्यान गएको छ । बिहिबार साँझ परेको चट्याङ लागेर हौंचुर–१ पैयाँकी ५९ वर्षीय कमलसरी राई र २९ वर्षीय देवी तामाङको ज्यान गएको हो । चट्याङ लागेर बेहोस बनेका उनीहरुको शुक्रबार बिहानपख ज्यान गएको स्थानीय दावा शेर्पाले जानकारी दिए ।

खार्मी–५ बोहोरीबोट घर भएकी राई माईती घरमा थिईन् । चट्याङ लागेर बेहोस बनेका सनमान तामाङको अझै होस खुलेको छैन ।घट्नास्थलतर्फ प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यस्तै, चट्याङले खार्मीका लेक गाउँ, गोपीखर्क, निगालेलगायतका घरहरुमा क्षति पु-याएको छ । विद्युतको मेल लाईन र घर–घरको लाईनमा व्यवस्थित अर्थिङ तथा राम्ररी वाईरिङ नगरिएका कारण एक ठाउँमा परेको चट्याङले सबै ठाउँमा धनजनको क्षती भएको छ ।

Thursday, May 24, 2012

जिल्ला अस्पताल खोटाङमा भुईमै उपचार

जिल्ला अस्पताल खोटाङमा विरामीहरुको संख्या थेग्नेगरी शैया नहुदा भुईमै राखेर उपचार हुने गरेको छ । मौसम परिवर्तनसँगै ज्वरो आउने, रुघाखोकी लाग्ने, टाईफाईड हुने जस्ता बिरामीको चाप बढ्दो छ तर बिरामी राख्न पर्याप्त शैयाको अभाब यसबर्ष पनि उस्तैछ । १५ शैया क्षमताको अस्पतालमा हाल दैनिक डेढ सयभन्दा बढि बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डाक्टर नवलकिशोर झाले जानकारी गराए ।

आवश्यक मात्रामा शैया नहुँदा उपचारमा समस्या परेको अस्पतालका उनको भनाइ छ । बर्षेनी यो समस्याकैबीच विरामीहरु उपचार गराउन वाध्य छन् । व्यवस्थापन पक्षले अस्पतलको स्तरउन्नती तथा भौतीक पुर्वाधार विकासमा पहल नथालेको जिल्लावासीको गुनासो छ ।

Tuesday, April 10, 2012

ऐतिहासिक पृष्ठभूमि

खोटाङ नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत सगरमाथा अञ्चलको एक पहाडी जिल्ला हो । जिल्लाको नामाकरण सम्बन्धमा धेरैखाले विचारहरु रहेको पाइन्छ । खोटाङ जिल्ला चाम्लिङ राईहरुको बाहुल्य रहेको जिल्ला हो । यिनीहरुको पाछा (थर) हरु मध्ये एउटा पाछाको नाम “खोतोहोछा” हो । कुनै समयमा त्यस क्षेत्रलाई खोतोहोछा शासक “खोताहाङ”ले शासन गरेकोले खोटाङ रहन गएको कुरा विवश, २०६३ लाई उद्धृढ गर्दै धन प्रसाद सुवेदीले आफ्नो पुस्तकमा लेखेका छन् । अर्को भनाई अनुसार चाम्लिङ भाषामा ‘खात’ को अर्थ जानु र ‘हाङ’को अर्थ राजा भन्ने हुन्छ । पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानसंगै यहाका हाङ अर्थात् राजा पराजित भएर गएका हुँदा यहाँका चाम्लिङ राईले खात हाङ अर्थात् राजा गए भन्ने अर्थमा खातहाङ भन्न थाले र यसैको अपभ्रंश भई खोटाङ भएको हो भन्ने भनाई पनि राई, २०६० लाई उद्धृत गर्दै सुवेदीले (सुवेदी २०६६ः २३–२४) अघि सारेका छन् । पृथ्वीनारायण शाहको आक्रमण पूर्व पनि यो क्षेत्रलाई खोटाङ भनिन्थ्यो भन्ने तर्कका साथ सुवेदीले यी दुईवटै भनाईहरु सही नभएको तर्क गरेका छन् भने जुन ठाउँलाई खोटाङ (हालको खोटाङ बजार) भनिन्थ्यो, त्यो क्षेत्र चाम्लिङ राईहरुको बाहुल्यता नभएको क्षेत्र भएको हुनाले यो तर्कसँग सहमत हुन सकिन्छ ।


अर्को भनाई अनुसार खोटे (चाम्लिङ भाषामा खोटेहाङ) भन्ने किराती राजाद्वारा शासित भएकोले यस क्षेत्रलाई खोटाङ कोट भनियो । राणाकालमा यस क्षेत्रलाई खोटाङथुम भनिन्थ्यो । यसै आधारमा २०१९ सालको संविधानमा ‘खोटाङ जिल्ला’ नामाकरण गरियो । वि.सं. २०२० सालमा यसको सदरमुकाम दिक्तेल सारिए तापनि जिल्लाको नाम खोटाङ नै कायम रहयो । हाल जिल्लाको ७६ गाविस मध्ये एउटाको नाम “खोटाङबजार” रहेको छ (सुवेदी २०६६, २३–२४) ।


राणाकालीन समयमा मझुवा थुम, आमचोक थुम, खोटाङ थुम, छुलुवार थुम, सावा थुम, दिप्लुङ थुम, चुईचुम्मा थुम र रतन्छा थुमको मुद्दा मामिला हेर्ने गरी खोटाङ बजारमा स्थापना भएको इलाका अदालतले यस क्षेत्रमा जग्गा दर्ता गर्ने कार्य समेत गर्ने गरेको कुरा इतिहासमा भेटिन्छ । २००७ सालमा प्रजातन्त्रको उदय पश्चात् तत्कालीन अमेरीकी सरकारको सहयोगमा २०१३ सालमा खोटाङमा त्रिभुवन ग्राम विकासको स्थापना गरिएपछि मझुवा थुम, खाम्तेल थुम, हलेशी थुम र रावा थुमका जनताको विकासका प्रशासन पनि खोटाङबाटै हेरिन थालियो । तर प्रशासकीय अधिकार भने साप्सु खोलादेखि पूर्वतर्फका सिक्तेल लगायत नौ थुमको पूर्व ४ नं. गोश्वाराबाट र मझुवा लगायत चार थुमको पूर्व ३ नं. गोश्वाराबाट हेरियो । त्यसपछि ओखलढुङ्गा इलाका अदालतलाई विभाजन गरी मझुवा, खाम्तेल, हलेशी र रावा थुमका जनताको न्याय प्रशासन ऐंसेलुखर्क इलाका अदालतले हेर्ने व्यवस्था भयो । दुईवटा छुट्टाछुट्टै जिल्लाबाट गरिने प्रशासकीय र न्यायिक कार्यहरु बाहेक विकास प्रशासन र शान्ति सुरक्षाको काम भने प्रहरी कार्यालयले गरेको थियो । २०१७ सालमा पञ्चायत शासन व्यवस्थाको शुरुवातसँगै २०१९ सालको नेपालको संविधान घोषणा हुँदा खोटाङद्वारा हेरिने आम्चोक र सिक्तेल थुम भोजपुरले हेर्ने, रावापारीका क्षेत्र सोलुखुम्वुले हेर्ने र बाँकी खोटाङले हेर्ने गरी खोटाङ जिल्लाको नामले जिल्ला विभाजन भयो र खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल तोकियो । खोटाङबजारमा रहेको जिल्ला पञ्चायत र शिक्षा प्रशासन हेर्ने काम २०२० सालमा दिक्तेलमा सारियो । २०२२ सालमा तत्कालीन श्री ५ को सरकारले खोटाङ अदालत दिक्तेलमा र ऐंसेलुखर्कको अदालत सोलु सल्लेरीमा सार्ने निर्णय ग¥यो । तत्पश्चात् क्रमशः अन्य कार्यालयहरु सदरमुकाम दिक्तेलमा स्थापना भएको हो । नेपालको  सविधान (तेश्रो संशोधन–२०३२) ले खोटाङ जिल्लाको सिमाना पुनः हेरफेर ग¥यो, जसअनुसार भोजपुर जिल्लाको बोपुङ्ग, भञ्ज्याङखर्क, काहुले तथा सोलु जिल्लाको वाकाचोल, पारा, जलेश्वरी, महेश्वरी, धारापानी, डुम्रे, दुवे, माक्पा, वाङ्गदेल, राखावादेल, ऐंसेलुखर्क, दिप्सुङ्ग लगायत १५ गाउँ पञ्चायत खोटाङ जिल्लामा गाभिन गई हालको क्षेत्र तथा सिमाना कायम हुन गएको हो ।

सर्बप्रथम त यहाँहरुलाई खोटाङ जिल्लामा हार्दिक स्वागतम !!!

  नेपाल को पुर्बी क्षेत्र मा अबस्थित रहेको खोटाङ जिल्ला चारै तिर छिमेकी जिल्लाले घेरिएररहेको छ । पूर्वमा भोजपुर, द्क्षिण मा उदयपुर, पश्चिम्मा ओखल्ढुङ्गा र उतर मा सोलु जिल्ला रहेको छ समुन्द्रसतह बाट १२०० देखी ३००० सम्म उचाई रहेको एस जिल्लामा राई,तामाङ् र सेर्पा समुदायको बढी बसोबस रहेको पाइन्छ भने मुख्य भषा मातृ भषा नै बोल्ने गरेको पाइन्छ साथै अर्को नेपाली भषा पनि बोल्ने गरिन्छ । यस खोटाङ जिल्लामा तीन वटा बिमानस्थल रहेको छ । जस्म्ध्य सदर मुकाम स्थित मनमाया (खनिडाडा)बिमान स्थल , उत्तर मा लामिडाडा बिमानस्थल र दक्षिणमा थाम्खर्क बिमानस्थल रहेको छ । जहाँ नेपाल एयरलाईन्स्ले हप्तामा दुइपटक र यति एयरलालिन्स्ले दुइपट्क उडान भर्दै आएको छ । नगरउन्मुख खोटाङ्को सदरमुकाम दिक्तेलमा अहिलेसम्म पक्की बाटो पुग्न सकेको छैन भने सम्भाबित बाटो हरु भने प्रसस्तै रहेको पाइन्छ ।

पहिलो खोटाङ तारा चिउरीडाँडाका अमर

काठमाडौँ, १८ चैत । फाइनलका लागि छानिएका ६ प्रतिस्पर्धीलाई उछिन्दै दोर्पा चिउरीडाँडा गाविसका अमर चाम्लिङ खोटाङतारा-२०६८ घोषित भएका छन् । खोटाङ महासमाजको आयोजना तथा किरात संस्कृति कला केन्द्रको सहआयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न फाइनलमा उत्कृष्ट गायन क्षमता देखाउँदै उनले खोटाङ जिल्लाका गायनप्रतिभाबीचको पहिलो सांगीतिक स्पर्धामा बाजी मारेका हुन् । फाइनलमा उनले वासुकीको छाल तथा गायक रामकृष्ण ढकालको स्वरमा रहेको बिहान उठ्नेबित्तिकै गीतमा आफ्नो गायनखुबी प्रस्तुत गरेका थिए  ।

त्यसै गरी चिउरीडाँडा गाविसकै रेवत राई फस्र्ट रनरअप घोषत भए भने सिम्पानी गाविसका अनिश परियार सेकेन्ड रनरअप भए । विजेता अमरले पुरस्कारबापत ५० हजार रुपियाँ हात पार्दा फस्र्ट र सेकेन्ड रनरअपको पोल्टामा क्रमशः २५ र १५ हजार रुपियाँ परेको थियो ।  चौथोदेखि सातौं स्थानसम्म आउने अन्य प्रतियोगीलाई पनि वरीयताका हिसाबले नगद पुरस्कार प्रदान गरिएको थियो । चौथो र पाचौं हुने क्रमशः महेश्वरी गाविसका जनम थुलुङ र राजापानी गाविसका भीम लोहारलाई पाँच-पाँच हजार रुपियाँ, छैठौं र सातौं स्थानका क्रमशः दिक्तेलका प्रदीप राई र नेर्पा गाविसका अनिल राईलाई तीन हजार रुपियाँ पुरस्कार दिइएको थियो । संस्कृतिमन्त्री गोपाल किरातीले विजेतालगायतलाई पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए । विजेता अनि सहभागीका लागि छुट्याइएको नगद पुरस्कार खोटाङ जिल्लाकै विभिन्न लब्धप्रतिष्ठित व्यक्तिबाट सौजन्यस्वरूप प्राप्त भएको आयोजकले जानकारी गरायो ।
निणर्यकहरू गायक राजेशपायल राई, संगीतकार महेश खड्का, गायिका रिमा गुरुङ, संगीतकार शान्तिराम राई र संगीतकार डाक्टर किरातले  खोटाङे प्रतिभाको क्षमता जाँचेका थिए । कार्यक्रममा संगीतकार खड्काले अन्तिम राउन्डमा छानिएका सातै प्रतिस्पर्धीका एक-एक  गीतमा निःशुल्क संगीत भरिदिने घोषणा गरे । त्यस्तै सातैजनाको स्वरमा एक-एकवटा गीत रेकर्ड गराई एल्बमका रुपमा बजारमा ल्याउने घोषणा प्रतियोगिता आयोजक खोटाङ महासमाजका अध्यक्ष नवल खड्काले गरे । कार्यक्रममा गायक राजेशपायल राईले पनि विभिन्न गीत गाउँदै माहोलमा रौनकता थपेका थिए ।

Sunday, March 25, 2012

काठमाण्डौ, २२ मार्च, नेपाली हिरो विराज भटट्ले भोजपुरी फिल्ममा स्थान बनाईरहेका बेला गायक राजेशपायल राई भने गीत मार्फत् भोजपुरी गीतमा स्थान बनाउन लागेका छन् । राजधानीमा मंगलवार आयोजित एक कार्यक्रममा उनले यसका लागि मिथिला मल्टी मिडिया फिल्मस्सँग भोजपुरी एल्वमका लागि सम्झौता गरेका छन् ।

भारतीय कम्पनी टि सिरिजले उत्पादन तथा वितरण गर्ने भनिएको एल्वममा मिथिला मल्टी मिडियाका तर्फबाट सञ्चालक तथा संगीतकार सन्तोषराजले गायक राईसँग सम्झौता पत्रमा हस्ताक्षर गरे ।

‘शिलाके जवानी’ नाम रहने उक्त एल्वमका लागि राजेशपायल राईले नौ गीतमा स्वर दिनेछन् । यसका लागि दुई लाख पारिश्रमिक लिएको जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो । उनीसँग एक गीतमा भोजपुरी गायिका कल्पनाले पनि साथ दिनेछन् ।
लोक, आधुनिक र पाश्र्व गायनमा उत्तिकै सफल गायक राई यतिबेला गायन करियरको शिखरमा छन् । चाँडै नै एक साथ तीन एल्वम सार्वजनिक गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउने ध्याउन्नमा रहेका राई स्टेजमा पनि सबैभन्दा रुचाईएका गायक हुन् । आफ्नो भोजपुरी गीतको यात्राले बाँकीका लागि पनि बाटो खुल्ने र नेपालीहरुको गायन करियर बिस्तार हुने उनको अपेक्षा छ ।

खोटाङमा पहिलोपल्ट दुध डेरीमा दुधको अभाव


खोटाङ सदरमुकाम दिक्तेलमा पहिलोपल्ट स्थापना भएको दुध डेरीमा दुधको अभाव भएको छ । हिउँदको याममा गाई तथा भैंसीले दिने दुधको मात्रा घटेपछि डेरीमा दुध अभाव भएको हो। दुध प्रतिलिटर ४५ रुपैयाँमा खरिद गरी प्रतिलिटर ५५ रुपैयाँमा बिक्री गर्ने डेरीमा दुधको अभाव भएपछि दिनभर खुल्नु पर्ने डेरी बिहानको समयमा मात्र खुल्न थालेको छ ।

खोटाङ पशुपालन तथा दुग्ध बिकास सहकारी संस्था लिमिटेडले स्थापना गरेको दुध डेरीले हाल जिल्लाका पाँच वटा किसान समुह र अन्य किसानहरुले बिक्री गर्न ल्याएका दुघ खरिद गर्दै आएको छ । हिउँदको याममा हरियो घाँसमा कमी भएपछि गाई र भैंसीले कम दुध दिन थालेको किसानहरुको भनाइ छ ।

Saturday, March 17, 2012

किरात राईहरुको महानपर्व साकेला मे १३ मा मनाउने

कोरियामा किरात राईहरुको महान पर्व साकेला उभौली २०१२ यहि मे महिनाको १३ तारिख मनाउने तयारी भई रहेको छ । साकेला  उभौली किरात राई यायोक्खा दक्षिण कोरियाको आयोजकत्वमा हुन लागेको हो ।

विदेशमा रहेता पनि जातिय लोक संस्कृति र परम्पराको संरक्षण सम्बद्र्धन गर्दे यसको परिचय गराउने उददेश्यले यो कार्यक्रम गर्न लागेको यायेक्खाका अध्यक्ष टिका राईले बताउनु भयो ।

कोरियामा रहेका नेपाली संघ संस्था लगायत विभिन्न पेशामा आबद्ध दाजु भाई तथा दिदी बहिनाहरुलाई उपस्थित भई कार्यक्रम सफल पारी दिनु हुन हार्दिक अनुरोध गर्दे सो दिन कार्यक्रम नजुधाई दिन आग्रह गरिएको छ ।

Saturday, March 10, 2012

युवाहरुको पहलमा बिहीबारे हटिया

स्थानीय युवाहरुको पहलमा खोटाङको खार्मी–१ साब्रुमा बिहीबारे हटिया शुरु भएको छ । ठूलो बस्ती रहेको त्यस क्षेत्रमा दैनिक आवश्यकीय सामाग्री किनबेच गर्न समस्या भएपछि साप्ताहिक हटिया लगाउन शुरु गरिएको हो ।

हटिया शुरुभएपछि दैनिक उपभोग्य सामाग्री खरिद गर्न सदरमुकाम दिक्तेल, जालपा, बाक्सिला लगायतका अन्य व्यापारिक केन्द्र धाउनु पर्ने समस्या समेत हटेको छ । यसका साथै, पहिलो पटक दुर्गम भेगमा हटिया लाग्न थालेपछि स्थानीयस्तरमा उत्पादन हुने वस्तुले पनि बजार पाउन थालेको खार्मी–१ का समाजसेवी दिलबहादुर राईले बताए ।

हप्ताको एक दिन बिहीबार मात्र लाग्ने हटियामा फलफूल, तरकारी, सुगुर, रागा, खसीका मासु किनबेच हुनुकासाथै, डालोनाङ्लो, डोको, मान्द्रो, अन्नपात लगायत दैनिक उपभोग्य सामानहरु किनबेच हुन थालेको समाजसेवी राईले जानकारी दिए ।

यसैबीच, बजार व्यवस्थित बनाउनका लागि ढकमनी राईको संयोजकत्वमा विभन्नि उप समितिहरु समेत गठन गरिएको छ । गत वर्ष बनेको हुर्लुङ–जालपा–खार्मी–बाक्सिला–ऐसेलुखर्क हुँदै सोलुको सल्लेरी जाड्ने ग्रामिण कृषि सडकको जालपादेखि साब्रुसम्मको सडक खण्डकमा वर्षापछि अवरुद्ध भागहरु स्थानीय समुदायले प्रतिघर २ हजारका दरले चन्दा संकलन र श्रमदान गरी मर्मत गरेपछि अहिले साब्रुसम्म जीप, सौराज ट्रक र ट्रयाक्टर लगायतका सवारीसाधन समेत जान थालेको छ ।

गाँउमै मोटरबाटो पुगेपछि डोको नाम्लाको भर पर्नु पर्ने बाध्यता समेत टरेको र गाँउमै सस्तो मुल्यामा दैनिक उपभोग्य सामनहरु पाउन थालेपछि स्थानीयबासीहरु समेत हर्षित भएका छन् ।

Monday, February 20, 2012

ट्याम्केडाँडामा ट्याम्के महोत्सव शुरु

दमन र्राई/खोटाङ-फागुन-७, खोटाङ र भोजपुरको सिमामा पर्ने ट्याम्केडाँडामा ट्याम्के महोत्सव शुरु भएको छ । ‘ट्याम्केडाँडा पर्यटनको पहिचान, प्राकृतिक सम्पदाको संरक्षण, सर्ंबर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित ट्याम्के महोत्सव आजदेखि शुरु भएको हो । संघीय मामला तथा संस्कृति मन्त्री गोपाल किरातीले उद्घाटन गर्नु भएको महोत्सव एक हप्तासम्म सञ्चालन हुने आयोजकले जनाएको छ । पर्यटकीय स्थल ट्याम्केडाँडाको पर्यटन पर््रवर्धनकासाथै त्यहाँ भएका जैविक सम्पदाको संरक्षण गर्ने उद्धेश्यले सेल्मे-ट्याम्के पर्यटन तथा संरक्षण समिति खोटाङ-भोजपुरको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा आदिबासी जनजातीको साँस्कृतिक झाँकी पर््रदर्शन गर्नुकासाथै भेषभुषा, राडीपाखी, खाँडीका सामग्री र स्थानीय बिश्वकर्मा जातीले निर्माण गरेको घरेलु उपकरण, स्थानीय कृषिजन्य उत्पादनहरु लगायतलाई स्टलमा राखिएको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती पनि रहनेछ ।
र्
पर्यटनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेको ट्याम्केडाँडाको पहिचान गराउन र पर्यटन विकासकालागि गर्न लागिएको महोत्सव अवधिभर अनुमानित १७ लाख ५० हजारको खर्च हुने आयोजकले बताएको छ । पर्ुर्वी पहाडी जिल्लाकै अग्लो मानिने ट्याम्के र ट्याम्के जंगलमा पाईने वन्यजन्तु र जडीबुटीको प्रचारप्रशार गर्दै संरक्षण गर्नकालागि पनि महोत्सव गर्न लागिएको हो ।

Sunday, February 19, 2012

दिक्तेलदेखि ओखलढुङ्गाको हर्कपुरसम्म सिधा यातायात सेवा शुरु-दमन राई/खोटाङ

फागुन-२, खोटाङको सदरमुकाम दिक्तेलदेखि ओखलढुङ्गाको हर्कपुरसम्म पहिलोपल्ट सिधा यातायात सेवा शुरु भएको छ । यात्रुहरुको समस्या र मागलाई मध्यनजर गर्दै आज बिहानदेखि दिक्तेलर्-हर्कपुर सिधा यातायात सेवा शुरु गरिएको हो । खोटाङ र ओखल्ढुङ्गाका यातायात व्यवसायीहरुको आईतबार राती बसेको बैठकको र्णिनय अनुशार आजदेखि दिक्तेलर्-हर्कपुरसम्म सिधा यातायात सेवा शुरु गरिएको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष विदुर लुइटेलले बताउनुभयो ।
सदरमुकाम दिक्तेलदेखि सिधै हर्कपुरसम्म यातायातका सवारी साधन सञ्चालनमा आएपछि दिक्तेलबाट हर्कपुरसम्म पुग्न बिच-बिचमा यात्रुहरुले गाडी परिवर्तन गर्नुपर्ने बाध्यता हटेको छ । यसअघि, सदरमुकाम दिक्तेलबाट जयरामसम्म मात्र यात्रुवाहक सवारी साधन सञ्चालन हुँदै आएको थियो । अध्यक्ष लुइटेलका अनुशार हर्कपुरकालागि आज बिहान ६ः३० बजे पहिलो गाडी छुटेको छ । उहाँका अनुशार अव सदरमुकाम दिक्तेलबाट दैनिक बिहान साँढे ६ बजे, साँढे ११ बजे र दिउँसो साँढे ३ बजे गाडी छुट्ने छ । यस्तै, हर्कपुरबाट बिहान सात बजे, मध्यान्ह १२:१० बजे र बेलुकी चार बजे दिक्तेलकालागि गाडी छुट्नेछ । दिक्तेलर्-हर्कपुर र हर्कपुर-दिक्तेलका लागि ६ सय रुपैया भाडा दर निर्धारण गरिएको छ ।
यसैवीच, आगामी फागुन ७ गतेदेखि शुरु हुने ट्याम्के महोत्सवमा जान र आउने व्यवस्था मिलाउनकालागि दिक्तेल-चखेवा भञ्ज्याङ सडक खण्डमा पनि यात्रुवाहक सवारी साधन सञ्चालन गरिने अध्यक्ष लुइटेलले जानकारी दिनुभयो ।
।।