मेरो खोटाङ मेरो प्राण एकता हो हाम्रो शान

Sunday, February 19, 2012

दिक्तेलदेखि ओखलढुङ्गाको हर्कपुरसम्म सिधा यातायात सेवा शुरु-दमन राई/खोटाङ

फागुन-२, खोटाङको सदरमुकाम दिक्तेलदेखि ओखलढुङ्गाको हर्कपुरसम्म पहिलोपल्ट सिधा यातायात सेवा शुरु भएको छ । यात्रुहरुको समस्या र मागलाई मध्यनजर गर्दै आज बिहानदेखि दिक्तेलर्-हर्कपुर सिधा यातायात सेवा शुरु गरिएको हो । खोटाङ र ओखल्ढुङ्गाका यातायात व्यवसायीहरुको आईतबार राती बसेको बैठकको र्णिनय अनुशार आजदेखि दिक्तेलर्-हर्कपुरसम्म सिधा यातायात सेवा शुरु गरिएको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष विदुर लुइटेलले बताउनुभयो ।
सदरमुकाम दिक्तेलदेखि सिधै हर्कपुरसम्म यातायातका सवारी साधन सञ्चालनमा आएपछि दिक्तेलबाट हर्कपुरसम्म पुग्न बिच-बिचमा यात्रुहरुले गाडी परिवर्तन गर्नुपर्ने बाध्यता हटेको छ । यसअघि, सदरमुकाम दिक्तेलबाट जयरामसम्म मात्र यात्रुवाहक सवारी साधन सञ्चालन हुँदै आएको थियो । अध्यक्ष लुइटेलका अनुशार हर्कपुरकालागि आज बिहान ६ः३० बजे पहिलो गाडी छुटेको छ । उहाँका अनुशार अव सदरमुकाम दिक्तेलबाट दैनिक बिहान साँढे ६ बजे, साँढे ११ बजे र दिउँसो साँढे ३ बजे गाडी छुट्ने छ । यस्तै, हर्कपुरबाट बिहान सात बजे, मध्यान्ह १२:१० बजे र बेलुकी चार बजे दिक्तेलकालागि गाडी छुट्नेछ । दिक्तेलर्-हर्कपुर र हर्कपुर-दिक्तेलका लागि ६ सय रुपैया भाडा दर निर्धारण गरिएको छ ।
यसैवीच, आगामी फागुन ७ गतेदेखि शुरु हुने ट्याम्के महोत्सवमा जान र आउने व्यवस्था मिलाउनकालागि दिक्तेल-चखेवा भञ्ज्याङ सडक खण्डमा पनि यात्रुवाहक सवारी साधन सञ्चालन गरिने अध्यक्ष लुइटेलले जानकारी दिनुभयो ।
।।